१८ ओ सार्क सम्मेलन सम्पन्न, मोदी र सरिफले एक आपसमा हात मिलाए

विभिन्न टीका टिप्पणीका बाबजूद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले एक आपसमा हात मिलाएका छन्।
 
१८ औ सार्क शिखर सम्मेलनको समापन कार्यक्रमबाट बाहिरिने क्रममा मोदी र सरिफले हात मिलाएपछि हलमा रहेको व्यक्तिहरुले तालिले स्वागत गरेका थिए। हात मिलाएर मोदीले सरिफको पिठ्यूमा धाप मारिरहँदा दुबै जनाको मुहारमा हाँसो छाएको थियो।
 
मोदी र  सरिफले हात मिलाएर अापसी सम्बन्ध सुधारको संकेत गरेका छन्। त्यसअघि समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
SETOPATI