अर्घाखाँची जलुके दमारबेशीका पुलामी बाका ८ श्रीमती ६० सन्तान, सबै मिलिजुली (तस्बिर सहित)

वीरेन्द्र केसी
दमारवेसी, जलुके (अर्घाखाँची) । श्रीमती कतिवटा हुन्छन ? सायद सबैका एउटै श्रीमान-श्रीमतीबीच झगडा नभएको कमै होला त्यसैमा पनि केहीको सम्बन्ध विच्छेद भैरहेका छन । यहाँको जलुके दमारवेसी गाउँका टानबहादुर पुलामीले आठ वटी श्रीमती बिहे गरे । जसमध्ये दुई श्रीमती विरामी परेर मरिसके । छ वटी सगै छन । अहिलेसम्म घरमा झगडा के हो भन्ने थाहै छैन । सधै सबै परिवार मिलेरै बसेका छन । अहिलेसम्म झगडा भएको छैन, पुलामीकी कान्छि श्रीमती शुसीलाले भनिन, म आफै देखेर विवाह गरेकी हु दिदीहरु र छोराछोरीले नराम्रो शब्द प्रयोग नै गर्नु भएको छैन । हामी सानै छदा वुवा आमाको मृत्यु भएपछि बिचल्लीमा थियौ खान लाउनको साह्रै दुःख भयो, भोकै पनि बस्यौ, पुलामीसँग पहिला दिदी  बालिसरले विहे गर्नुभयो र त्यसपछि आफुले विहे गरेको बताईन ।  हामी टुहुरा छोरीलाई पुलामीले विहे गरेर उद्धार गरेको उनको भनाई छ ।  अहिले खान लाउन केही दुःख छैन । पुलामीले लगाएको सबैले आ-आफनो काम गछौ, पेटभरी खान्छौ सबै खुसी छौ जिन्दगी रमाईलो नै छ, उनले भनिन । वर्षको एक पटक तिजमा सबैलाई पुलामीले एउटै खालका कपडा कान्छि श्रीमतीलाई किन्न लगाउछन । शुसीला काग्रेस जलुके गाविसको सचिव हुन । 
 


Photo8
जलुके स्थित दमारवेसीमा श्रीमती सहित टानबहादुर पुलामी । ८ श्रीमती मध्ये ६ जिवित छन । ६० वटा सन्तान छन । सबै मिलेर बसेका छन । तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम


 


सदरमुकाम सन्धिखर्क देखी झण्डै १ सय ५० किलेमिटर दक्षिण प्युठान र दाङको सिमाना स्थित घना जंगल दमारबेसी गाउँ छ । पुलामीको घरमा पुग्दा ६ श्रीमती आ-आफनो काममा व्यस्त थिए । जेठी श्रीमतीले काम गर्न सक्दिैनन । बुढाले दोस्री श्रीमती ल्याउदा त शुरुमा साह्रै रिष उठ्यो तर दुई चार महिना पछि फेरी माया लाग्यो, जेठी श्रीमती खुमासरले भनिन, हेर्दाहेर्दै ८ वटी बनाए, कामको दुःख हरायो धेरै हुँदा त झन मिलेरै बसियो के-को झगडा गर्नु । आफुपछि अरु विहे गरेकोमा कतै गुहार माग्न उनी गईनन् । खेतबारी धेरै छ, खान लगान आनन्दले पाईएको छ, उनले भनिन, मेरो बुढो र सबै बहिनी छोराछोरीलाई एउटै माया लाग्छ । हाम्रो परिवारको सम्बन्ध विगारिदिन र झगडा पारिदिन छिमेकीले धेरै प्रयास गरेपनि हामी मिलेरै बसेपछि कसैको केही नलागेको उनले बताईन । श्रीमानले खान लगान नदिएको, सम्बन्ध बिच्छेद भएको समाचार रेडियोबाट सुन्छौ, अर्की श्रीमती तिलाले भनिन, हामीले हाम्रो बुढालाई त्यस्तो कहिल्यै गदैर्नौ, हामी अदालत पनि जादैनौ बुढाले सबैलाई बराबर माया गर्नुहुन्छ । कानूनी कुरा हामीलाई थाहा छैन हामीलाई हाम्रै बुढा, छोराछोरी र सम्पत्तीकै माया छ उनले भनिन ।  खान लाउन खुसीसाथ पाएपछि अरु कुराको मतलब नराखेको उनले बताईन । 
 
जलुके स्थित दमारवेसीमा श्रीमती सहित टानबहादुर पुलामी । ८ श्रीमती मध्ये ६ जिवित छन । ६० वटा सन्तान छन । सबै मिलेर बसेका छन । तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम


 


७१ वर्षीय पुलामीले जोसिला र ठट्यौली स्वभावका छन । किन यति धेरै विहे गरेको भन्ने प्रश्नमा उनले भने, ल्याउदा ल्याउदै ८ वटी पो पुगेछन । पहिले विवाह १८ वर्षको हुँदा गरेका हुन । जेठी श्रीमती खुमासरका एक छोरा, ४ छोरी, तिलाका ३ छोरी २ छोरा, विनाका २ छोरी, मनिकलाका ४ छोरी, बालिसराका २ छोरा १ छोरी र शुसीलाका २ छोरा छन । जसमध्ये ४ छोरा विदेश, एक छोरा काठमाडौमा बसल गर्छन भने अरु सबैले खेती किसानी काम गर्छन । छोराछोरी, नाति नातिना र पलातिना गरी पुलामीको ६० जनाको सन्तान पुगेको छ । 
 


 तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम
 


नुमी र पार्वती श्रीमती चाँही सर्वले टोकेर मृत्यु हुँदा साह्रै दुखी भएको उनले बताए ।  । एक छोरा र दुई छोरीको पनि मृत्यु भएको छ । सानो छदा धेरै दुःख गरेर अरुको घरमा काम गरेर १ सय ५० रोपनी खेतबारी जुटाए, उनले भने, मैले अरुको दुःख देख्न सकिन, घरमा दुःख पाएकालाई विवाह गरेको छु । सानो उमेरमा खान नपुगेर कन्दमुल खाएर छाक टरेको सम्झिए । अहिले घरमा ५ वटा दुहुना भैसी, ५० वटा बाख्रा र १२ वटा गोरु र ४ वटा बंगुर र कुखुरा पालेर सबै परिवार बसेका छन । कोही श्रीमती पछि छुटिएर बस्न मान्दैनन, उनले भने, सबै मिलेकै छन, सधै खुसी नै छन । पाँच ठाउँमा जग्गा छ । खेती उत्पादन गरेर खान पुगेको छ । आफनो वुवा गुन्जबहादुरले तीन वटी विवाह गरेको पनि बताए । दसै लगायत चाडपर्वमा सबैजना भेट हुँदा साह्रै रमाईलो लाग्ने उनले बताए । यसरी सबै मिलेर बसेको उदाहरणीय परिवार रहेको स्थानीय छिमेकी जुनबहादुर पुलामीले बताए । 
 


तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम

अन्य समाचारहरु