शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची मंसीर १८ । नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्यले राजिनामा दिनु भएको छ । जनइच्छा विपरित आफ्नो पार्टि सहभागि सरकारले अर्घाखाँची नरपानीको चुनढुङ्गा जबरजस्ती उत्खननको तयारी गरेको भन्दै आचार्यले अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो ।
चुनढुङ्गा उत्खननका कारण वातावरणीय तथा पर्यावरणीय क्षती हुनुका साथै पिउने पानीका मुहान सुकेको भन्दै स्थानीय बासिन्दाले २०६८ कात्र्तिक १८ गते देखि चुनढुङ्गा उत्खनन पूर्णरुपमा रोक लगाउँदै आएका छन् । चुनढुङ्गा उत्खनन रोकीएपछि डाइनेष्टिक कम्पनीले खानी सूचारुगर्नको निम्ती स्थानीय बासिन्दा र विभिन्न राजनीतिक दलका नेताहरुसँग पटक पटक संवाद गर्दै आएको थियो ।
चुनढुङ्गा उत्खनन गर्न दिने नदिने बारेमा जिल्ला स्थित दलहरु समेत २ खेमामा विभाजित भएका थिए। सहमतिमा चुनढुङ्गा उत्खनन हुने संभावना नदेखेपछि कम्पनीले केहीमहिना यता बलप्रयोग गरी चुनढुङ्गा उत्खनन गर्ने तयारी गरेपनि एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य लगायतका नेताहरु खरो रुपमा विरोधमा उत्रिए पछि कम्पनी पछि हटेको थियो । केही दिन यता पुनः कम्पनीले खानी सुचारु गर्नको निम्ती विभिन्न जिल्लाका युवाहरु र ससस्त्र प्रहरी फोर्स परिचालन गरी जवरजस्ती उत्खनन सुरु गर्ने तयरी गरेपछि आचार्यले जनताको आवाज नकुल्चीन गृहमन्त्री बामदेव गौतम र पार्टि अध्यक्ष ओलीलाई आग्रह गर्दै आउनु भएको थियो ।
पार्टि निर्णय र आफ्नो पटक पटक को आग्रहलाई बे वास्ता गर्दै एमाले उपाध्यक्ष समेत रहनु भएका गौतमले नेतृत्व गरेको गृहमन्त्रालयले बल प्रयोग गर्नको निम्ती जिल्ला प्रशासन कार्यालय र प्रहरी लाई निर्देशन गरेपिछ न्याय माग्ने जनतालाई दमन गर्ने सरकारी रबैयाको विरोधमा अध्यक्ष आचार्यले पार्टि उपाध्यक्ष गौतम, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिव ज्ञवाली र जिल्ल इन्चार्ज नजिर मियाको उपस्थितीमा ओलीलाई राजिनामा बुझाउनु भएको हो ।
आचार्यले पद र प्रतिष्ठाको निम्ती जनताको आवाजलाई आफुले कहिल्यै नकुल्चने भन्दै पार्टि अध्यक्षबाट राजिनामा दिएपनि एमालेको जिम्मेवार पार्टि सदस्यको नाताले जनताको पक्षमा डटेर लड्ने चेतावनी समेत दिनुभएको छ ।
पार्टिको हालै सम्पन्न केन्द्रिय महादिवेसनमा जिल्लाबाट अधिकांश भोट केपी शर्मा ओलीको टिमलाई पार्न सफल हुनु भएका आचार्यले सरकारमा आफ्नै गुटनिकटको गृहमन्त्री हुँदा पनि आफुले उठाएको आवाज नसुनिएको भन्दै आफ्नो भावनामा गम्भिर चोट पुगेको महसुस गर्नु भएको छ । स्थानीय साधन र स्रोतका मालिक स्थानीय जनता भएको बताउँदै, उहाँले विचल्लित नभई दृढता पूर्वक आफ्नो माग प्रति दृढ रहन स्थानीय जनतालाई आग्रह समेत गर्नु भएको छ ।
नेता आचार्यले जनताको भलाईको निम्ती जस्तो सुकै बलिदान गर्नको निम्ती पनि आफु तयार रहेको भन्दै जनता प्रति गद्धारी गरेर एक मिनेट पनि पदमा नबस्ने बताउनु भएको छ । उहाँले सरकार र कम्पनीलाई जबरजस्ती गरेर खानी संचालन गर्नु भन्दा स्थानीय बासिन्दाको मागलाई संवोधन गर्न आग्रह गर्नु भयो ।
हाइस्कुल पढ्दा देखि नै सक्रिय रुपमा अनेराश्ववियूको राजनीति गर्दै आउनु भएका आचार्य २०४३ साल देखि अनेरास्ववियूको बुटवल बहुमुखी क्याम्पस प्रा.क को अध्यक्ष बन्नु भएको थियो । २०४३ सालमा मण्डलेको आक्रमणबाट शख्त घाइते हुनु भएका उहा केही समय प्रहरी हिरासतमा समेत बस्नु भएको थियो । २०४६ साल पछि एमाले अर्घाखाँचीको राजनीतिमा सक्रिय रहँदै आएका आचार्यले २०५४ साल देखि लगातार ३ कार्यकाल पार्टि सचिव रहि जिल्लाको नेतृत्व गर्दै आउनु भएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा पार्टिले जिल्लाको दुबै क्षेत्रमा पराजय भोगे पछि उहाँले नैतिकता देखाएर राजिनामा दिनु भएको थियो ।
२ वर्ष पहिले पुन नेतृत्वमा आउनु भएका आचार्यले पार्टिको हालै सम्पन्न महाधिवेशनमा जिल्लामा केपी शर्मा ओलीको पक्षमा एकलैटी बनाउन सफल भएर निक्कै चर्चा पाउनु भएको थियो । बोलक्कड र हक्की स्वभावका आचार्य बोलेको कुरामा दृढ संकल्पित रहने नेता हुनुहुन्छ । नेता आचार्यको राजीनामाले संघर्षरत स्थानीय वासीन्दा थप उत्साहीत भएका छन् । भने केन्द्रले आचार्यले दिएको राजीनामा फिर्तालिने वातावरण नवनाएमा जिल्लामा एमाले अस्त ब्यस्त हुने एमाले जिल्ला नेताहरुको भनाई छ । आचार्य एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र नेता हुनहुन्छ ।