सिन्धुपाल्चोक, मंसिर १८ । सुनकोसी बाढी-पहिरोबाट विस्थापित भएरकाहरुलाई तातोपानी नाका सम्बद्ध तीन व्यापारिक संघ-संस्थाहरुले राहत रकम उपलब्ध गराएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र हिमालय सीमापार वाणिज्य संघले संकलन गरेको १ करोड २० लाख रुपैयाँ पीडितहरुकै हातमा वितरण गरिएको हो ।
विस्थापितहरुले बढीमा ४ लाखसम्म रकम पाएका छन् । विस्थापितहरुले जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा जम्मा भएको रकम अहिलेसम्म पनि नपाएपछि संघ-संस्थाहरुले संकलन गरेको रकम सीधै पीडितहरुको हातैमा वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले जानकारी दिए ।
संघ