सन्धिखर्कको सम्वाद कार्यक्रममा संबिधान निर्माणका लागि जनदबाव आवश्यक रहेको बक्ताहरुको भनाई

प्रेमनारायण आचार्य
सन्धिखर्क,अर्घाखाँची १९ मंसिर । माघ ८ गते संबिधान निर्माण गर्नुको बिकल्प नरहेको बताउदै समयमै मानबअधिकार मैत्री संबिधान निर्माण गर्नकालागि जनदबाब सृजना गर्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । 
 
    राष्ट्रिय मानब अधिकार आयोग,मानब अधिकार तथा शान्ती समाज अर्घाखाँची , इन्सेक र नेपाल बार एसोसिएसनको अयोजनामा सन्धिखर्कमा भएको निर्धारित समयमा मानबअधिकारमैत्री संबिधान र सरोकारवालाको दायीत्व बिषयक अन्तरसम्वाद कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन । 
 
    उनीहरुले देसलाइ संकटबाट बचाउन र जनआन्दोलनबाट उपलब्धीलाइ रक्ष ागर्नका लागि पनि जनदबाब सृजना गर्नु पर्ने बताएका हुन । कार्यक्रममा राष्ट्रिय मानब अधिकार आयोग बुटबलका दिपकजंगध्वज कार्की, र बार एसोसिएसनका सचिब बिजय खत्रीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल,नेपालि काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का , राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, राजमोका जिल्ला सचिब गोपाल पौडेल, नेकपा माओबादीका जिल्ला सदस्य खिमबहादुर घर्ती, नेपाली काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदेब आचार्य, एमाले नेता रामजी प्रसाद घिमिरे, जनार्दन खनाल, स्थानीय शान्ती समितिका संयोजक ठाकुर कुमार बिक, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, उद्यमेग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, प्राध्यापक जगन्नाथ भुसाल, महिला नेतृ इश्वरा पोख्रेल, छमकुमारी थापा लगायतले मन्तब्य राखेका थिए । 
 
     कार्यक्रम बार एसोसिएसनका जिल्ला अध्यक्ष केबी भुसालको अधयक्षता, इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालको सञ्चालन र मानब अधिकार तथा शान्ती समाजका कार्यबहाक जिल्ला अध्यक्ष माधब प्रसाद पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु