प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १९ मंसिर । सन्धिखर्क नगरपालिकाको आर्थिक बर्ष २०७२ ७३ को लागि पुर्ब योजना तर्जुमा गोष्ठी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा कृषि र पशुपालनलाइ पहिलो प्राथमिकतामा राखेर योजना छनोट गर्ने गरि योजना बनाउने निर्णय भएको छ । साथै पुस महिनामा नगर परिसद गर्ने पनि निर्णय भएको छ ।
न्गरपलिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा समपन्न गोष्ठीमा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल लगायत राजनितिक दलका नेता , स.घ सस्थाका प्रमुख , सञ्चारकर्मि लगायतको उपस्थिति रहेको थियो ।