काठमाडौं, मंसिर १९ । संविधानसभाअन्तर्गतको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान लेखनसम्बन्धी प्रतिवेदन शुक्रबार सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् । भट्टराइले प्रतिवेदन बुझाएपछि सभाध्यक्ष नेम्वाङले मंसिर २३ गतेका लागि संविधानसभाको बैठक बोलाएका छन् ।
भट्टराइले संविधानका विवादित विषयमा समितिमा सहमति हुन नसकेको र प्रश्नावली बनाउने विषयमा पनि दलहरुबीच सहमति नभएको भन्दै कांग्रेस-एमालेको साझा धारणासहितको प्रतिवेदन संविधानसभाका अध्यक्षलाई बुझाएका हुन् ।
प्रतिवेदनमाथि संविधानसभामा छलफल नहुने र निर्णयार्थ पेश पनि नगरिने दलहरुकै मतअनुसार प्रतिवेदन बुझाएको भट्टराईले दाबी गरेका छन् ।
प्रतिवेदन बुझ्दै संविधानसभाका अध्यक्ष नेवाङले भने दलहरुले संविधानका अन्तर्वस्तुमा सहमति गरेर