काठमाडौं, मंसिर २० । एकीकत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अबको दुई दिनभित्र विवादित विषयमा सहमति नबने माघ ८ भित्र संविधान जारी हुन नसक्ने बताएका छन् ।
राजधानीमा शनिबार रिपोटसर्् क्लबले गरेको साक्षात्कारमा उनले दुई दिनभित्र सहमति बनेको अवस्थामा मात्र माघ ८ भित्र संविधान जारी हुनसक्ने बताए । सहमतिका लागि समय निकै घर्किसकेको भन्दै उनले सहमति बनेको अवस्थामा नियमावली संशोधन गरेर भएपनि माघ ८ भित्रै संविधान जारी गरिने बताए ।
अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली संविधान लेखनमा जिम्मेवार नभएको अरोप पनि लगाए । कोइराला र ओलीले संविधानसभालाई नियमित संसद जस्तो बनाउन खोजेको भन्दै उनले बहुमतको आधारमा संविधान जारी गर्न खोजिए मान्य नहुने समेत स्पष्ट पारे ।
कार्यक्रममा दाहालले मोहन वैद्य नेतृत्वको नेकपा