अलकायदाका एक प्रमुख कमाण्डर पाकिस्तानमा मारिएका छन् । अमेरिकाको न्यूयोर्क र बेलायतको लण्डनमा बम विस्फोट गराउने योजनाकार अदनन एल सुक्रिजुमाह मारिएको पाकिस्तानी सेनाले शनिबार पुष्टि गरेको हो ।
सेनाले छापा मार्ने क्रममा अदनन उत्तर-पश्चिमी पाकिस्तानस्थित अफगनास्तिानको सिमाना नजिकै शनिबार मारिएका हुन् ।
अमेरिकन जासुसी संस्था एफबिआईले अदनन अलकायदाका अपरेशन चिफ रहेको जनाएको छ । सन् २००९ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आक्रमणपछि खालिद शेख मोहम्मद पक्राउ परेपछि उनी सो जिम्मेवारीमा थिए ।
साउदी अरेबियामा जन्मेका सुक्रिजुमाह केही वर्ष अमेरिकामा पनि बसेका थिए । उनीमाथि अमेरिकन जाँच ब्यूरो एफबीआईले न्यूर्योकको सब वेमा सन् २००९ आत्मघाती बम विस्फोट गराउने योजना बनाएको अभियोग लगाएको थियो ।
उनीमाथि पनामा, नर्वे र बेलातमा समेत अलकायदाको तर्फबाट आक्रमण गर्ने योनजा बनाएको आरोप लागेको थियो ।
पाकिस्तानी सेनाले कारबाहीका क्रममा अलकायदाका अन्य दुईजना सदस्य पनि मारिएको जनाएको छ । सेनाका एक सदस्यको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।
सेनाले शनिबार वक्तब्य निकाल्दै दक्षिणी बजिरिस्तानको अफगानिस्तानसँग जोडिएको सिन्वार्सक क्षेत्रमा कारबाही चालएको जनाएको छ । त्यो क्षेत्रमा पाकिस्तानी तालिवानले गतिविधि गर्दै आएको थियो ।
सुक्रिजुमाहले पाकिस्तान र अफगानिस्तनमा पनि आक्रमणको तयारी गरेको पाकिस्तानी सेनाको भनाइ छ ।
अमेरिकी पत्रकार पनि मारिए
पाकिस्तानी सेनाले अलकायदाविरुद्द गरेको अपरेशनका क्रमा एकजना अमेरिकन पत्रकार पनि मारिएका छन् ।
एक वर्षअघि यमनबाट अलकायदाले अपहरण गरेका अमेरिकी पत्रकार लुक सोमरको पनि उद्धारका क्रममा ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ । Agencies