काठमाडौं, मंसिर २१ । विपक्षी दलहरुको कार्यदल संविधानका विवादित मुद्दामा साझा धारणा बनाउन असफल भएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको २० दलीय मोर्चाको आइतबार बसेको बैठकमा कार्यदलले पेश गरेको कार्ययोजनामा थप छलफल गरेरमात्र साझा धारणा तय गर्नुपर्ने उल्लेख छ ।
विपक्षी दलहरुबीच विवाद कायम रहेकाले कार्यदलले साझा धारणा तय गर्न नसकेपछि मोर्चाको बैठकले सहमतिबाट नै संविधान निर्माण गर्नुपर्ने निर्णय दोहोर्याएर गरेको छ ।
कार्यदलले विपक्षी २० दलीय मोर्चाको नाम संघीय लोकतान्त्रिक गठबन्धन राख्न प्रस्ताव गरेको छ । गठबन्धनलाई बलियो बनाउन सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको समाजवादी जनता पाटीका अध्यक्ष प्रेमबहादुर सिंहले जानकारी दिए । IMAGEKHABAR