संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट फोरम अलग

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिलाई संविधान लेखनबारे बुझाएको साझा धारणामा प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपालले हस्ताक्षर गरेन।
शुक्रबार समितिका सभापति बाबुराम भट्टराईलाई बुझाइएको अवधारणापत्रमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले हस्ताक्षर नगरेको हो।
दुई साताअघि मात्रै औपचारिक रुपमा मोर्चा गठनमा सहभागिता जनाएको यादव नेतृत्वको फोरम नेपाल संविधानका विषयमा साझा धारणा ल्याउने क्रममा अलग हुन पुगेको हो। मोर्चाको घटक दल भए पनि यादव नेतृत्वको फोरम नेपालले संवैधानिक समितिमा अलग धारणा राखेको थियो। मोर्चामा आबद्ध अन्य दलले त्यसको चर्को आलोचना गरेका थिए। 
मोर्चाले साझा धारणा पेस गर्ने क्रममा फोरम नेपालले हस्ताक्षर नगरे पनि घोषणासभा हुँदा मोर्चामा नरहेको अनिल झा नेतृत्वको संघीय सद्‍भावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलाई समेत समेटेर तराई