काठमाडौं, मंसिर २२ । जिप दुर्घटनामा घाइते भएका संविधानसभाका सदस्य हरिबहादुर खड्काको उपचारका क्रममा आइतबार साँझ निधन भएको छ । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालको सघन उपचारकक्षमा उनको निधन भएको हो ।
५१ वर्षीय खड्का बाग्लुङ-१ बाट दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने महायज्ञमा सहभागी हुन र उनको स्वागत गर्न बाग्लुङ पैयुँपाटा जानेक्रममा गत बुधबार बिहान भकुन्डे गाविसमा जिप दुर्घटनामा परी खड्काको टाउकोमा गम्भीर चोट लागेको थियो । Imagekhabar