द्धन्द्धको पिडामा न्यायको सवाल विषयक सरोकारवाला विषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न, द्धन्द्धपिडित उचित राहत दिन सरकारलाई आग्रह

प्रेमनारायण आचार्य
अर्घाखाँची २३ मसिर । ६६ औ अन्तरराष्टिय मानव अधिकारको अवसरमा विद्यमान बेपत्ता पारिएका व्यत्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया र द्धन्द्धको पिडामा न्यायको सवाल विषयक सरोकारवाला विषयक अन्तरक्रिया कार्यक्रम द्धन्द्ध पिडित साझा चौतारी र  न्यायका लागी द्धन्द्ध पिडित समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वत्ताहरुले राज्यले द्धन्द्धपिडितलाई सम्बोधन नगरेको भन्दै आक्रोस व्यक्त गदै उचित राहत वितरण गर्न सरकारलाई आग्रह गरेका छन् । यसरी मन्तव्य राख्नेहरुमा समाजका केन्द्रिय महासचिव बद्रि बहादुर केसी,नेपाली काग्रेसका जिल्ला सदस्य बाबुराम पौडेल,नेकपा एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरे,एमाओवादी जिल्ला कोषध्यक्ष छम कुमारी खनाल,स्थानीय शान्ति समितीका संयोजक ठाकुर कुमार विक,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी हरि प्रसाद ज्ञवाली,नेपाल पत्रकार महांसघका अध्यक्ष शोभाखर पन्थी लगाएतले मन्तव्य राख्नुभएको थियो । 
समाजकी जिल्ला अध्यक्ष सिर्जना प्रोखेलकोे अध्यक्षता,सुदिप ज्ञवालीको स्वागत र सचिव हेमन्त बेल्वासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु