लुम्बिनीमा थारु कल्याणकारीको सभाको केन्द्रीय विशेष बैठक

कृष्ण खनाल 
बुटवल संवाददाता
बुटवल, २४ मंसिर ।  आजबाट गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा थारु कल्णकारी सभाको केन्द्रीय परिषदको विशेष बैटक तथा केन्द्रीय समितिको बैठक हुने भएको छ । आज अर्थात २५ गते (विहिवार)  केन्द्रीय समितिको बैठक  हुने र २६ र २७ गते केन्द्रीय परिषद्को बैठक  हुने बुधवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । थारु कल्याणकारीणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले केन्द्रीय बैठकको आदिवासी जनजाती राष्ट्रिय परिषदका केन्द्रीय उपाध्याक्ष झक बहादुर थापा मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । 
 कार्यक्रममा विशिष्ट अतिथीको रुपमा आदीवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र बहादुर कुमालको विशिष्ट आतिथ्यता रहने छ ।  बैठकमा थारु समुदायका ४१ जना संविधान सभा सदस्य र   देशभरबाट  करिव ३ सय जना प्रतिनिधिहरुको सहभागीता रहनेछ । ४ बर्ष देखि बस्न नसकेको केन्द्रीय परिषदको बैठक  झापामा भएको  सभाको २१औ महाधिवेसनबाट गठन भएको कार्यमितिको पहलमा  आयोजना हुन लागेको हो । बैठकमा थारु कल्णकारणी सभाका  पुर्व केन्द्रीय अध्यक्ष तथा  आदिवासी जनजाती महासंघका  पुर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखी र ईनार महतोले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
 
बैठकमा राज्य पुर्नसंरचनामा पहाडमा र तराईमा समान प्रदेश निर्माण हुनु पर्ने तराईमा एक प्रदेश भन्दा पनि बुहुप्रदेश निर्माण गरिनु पर्ने र बहु प्रदेश भित्र थारुहट प्रदेश निर्माण हुनुपर्ने कुरालाई जोडका साथ उठान गरिने जानइएको छ । यसको साथै बैठकमा जनसंख्या र पहिचानलाई मुल आधार बनाएर प्रदेशको निर्माण गरिनुपर्ने कुरा पनि उठान गरिने छ । यसको साथै  हिमाल पहाड र तराईलाई मिसाएर समग्रमा प्रदेश निर्माण गर्न नहुने समेत कुरा  उठान गरिने सभाले जानकारी दिएको छ । 
पछिल्लो समयमा गठन भएको एमाओवादी सहितको २२ दलको मोार्चा र पऋमरत्न तुलाधर नेतृत्वरहेको मोर्चाको पनि विरोध गर्दै आदिवासी जनजातीहरुको मुद्दामा महासघको नै नेतृत्व हुनुपर्ने कुरामा समेत जोड  दिने कार्यक्रम रहेको छ ।