काठमाडौ, मंसिर २५ – पुनर्वास रोजेका भुटानी शरणार्थीहरूमध्ये ८० हजार जना अमेरिका पुगेका छन्। यसमा शरणार्थीसँग विवाह गर्ने नेपाली पनि छन्।
भुटानी शरणार्थीहरू झापा र मोरङका ७ शिविरमा दुई दशकदेखि बस्दै आएका हुन्। अन्य मुलुकका नागरिकसँग विवाह गरेका शरणार्थीले पनि आफ्ना पतिपत्नी सँगै लैजाने सुविधा पाएका छन्।
अमेरिकी राजदूत पिटर डब्लू बोडीले ८० हजार औं नम्बरमा परेका शरणार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिदाइ गरे। बोडीले कर्मी उराव, दिलबहादुर सार्की र उनीहरूका ११ महिनाका छोरालाई बिदाइ गरेको दूतावासले जनाएको छ।
उनीहरू अमेरिकाको ओहाइयो राज्यस्थित कोलम्बसमा नयाँ जीवन सुरु गर्दै छन्। राजदूत बोडीले दुई दशकभन्दा लामो समयदेखि भुटानी शरणार्थीहरूलाई स-सम्मान आतिथ्य दिएकामा नेपाल सरकार र जनताको
सराहना गरे। EKANTIPUR