डडेल्धुराको चुरे जंगलबाट ठूलो मात्रामा काठ तस्करी गरिरहेको अवस्थामा एकीकृत माओवादीका पूर्व केन्द्रीय सदस्य पक्राउ

डडेल्धुरा, मंसिर २७ । डडेल्धुराको चुरे जंगलबाट ठूलो मात्रामा काठ तस्करी गरिरहेको अवस्थामा एकीकृत माओवादीका पूर्व केन्द्रीय सदस्य जगत पार्की पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ चुरे क्षेत्रमा रहेको आलिताल-६ मेलगाँजामा रहेको सिद्ध भगवती महिला सामुदायिक वनबाट काठसहित पार्कीलाई पक्रेको हो । ६२ थान सालको गोलिया काठ बरामत भएको छ ।
पक्राउ गरिएको काठको बजार मूल्य करीब एक करोड बराबर रहेको सहायक वन अधिकृत दानबहादुर श्रेष्ठले जानकारी दिए ।
सिद्धभगवती सामुदायिक वनकी अध्यक्ष जगत पार्कीकी आमा हुन् । सिद्ध भगवती सामुदायिक वनलाई दुई बर्ष अघिनै अख्तियारले अबैध रुपमा ठूलो मात्रामा काठ कटानी गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
NAGARIKNEWS