नेशनल लाइफ इन्सुरेन्सका बीमा एजेन्ट घुस लिँदै गर्दा पक्राउ

 काठमाडौं, मंसिर २८ ।  नेशनल लाइफ इन्सुरेन्सका बीमा एजेन्ट प्रकाश झा घुस लिँदै गर्दा पक्राउ परेका छन् । काठमाडौको सिनामङ्गल गैरीगाउँमा सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिँदै गर्दा झा लाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट बीमा प्रिमियर दाबी गर्नका लागि रिपोर्ट बनाउने भन्दै घुस लिइरहेको अवस्थामा झा लाई पक्राउ गरिएको हो । एक ब्यापारिक फर्ममा आगलागी भएपछि २० लाख रुपैयाको बीमा रकम दाबी गर्न झाले घुस मागेको जनाइएको छ ।
IMAGEKHABAR