कांग्रेसका सभासद् तथा केन्द्रीय सदस्यहरुद्धारा माघ ८ मा नै नयाँ संविधान जारी गर्ने गरी सक्रियता लिन नेतृत्वलाई सुझाव

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभासद् तथा केन्द्रीय सदस्यहरुले माघ ८ मा नै नयाँ संविधान जारी गर्ने गरी सक्रियता लिन नेतृत्वलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा उनीहरुले नियमावलीमा संसोधन गरेरै भए पनि माघ ८ गते नै संविधान जारी गर्नु पर्नेमा जोड दिए ।
उनीहरुले लचक हुने नाममा लोकतन्त्रका सिद्धान्तमा भने सम्झौता नगर्न सल्लाह दिएका छन् । सात प्रदेश नै बढी भयो भनिएको बेला आठ प्रदेशको छलफल गर्न हतार गर्न नहुने धारणा आएको संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री एवं दलका नेता सुशील कोइरालाले दलहरुबीच भईरहेको वार्ताबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।
एकीकृत माओवादीले बहुपहिचाहनामा आधारित प्रदेशहरु कांग्रेस र एमालेले स्वीकार गरेमा आठ प्रदेशसम्म मान्ने जानकारी दलहरुबीचको छलफलमा दिएको ब्रिफिङ पनि कोइरालाले सदस्यहरुलाई गराएका थिए ।
IMAGEKHABAR