जापानमा सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले बहुमत हासिल गरेको छ ।
सिन्जो आबेको पार्टी एलडीपीले बौद्ध समर्थित कोमेइटो पार्टीसंगको समन्वयमा ४ सय ७५ सीट मध्ये ३ सय २५ सीटमा जीत हात पारेको जापानको निर्वाचन आयोगले जनाएको छ ।
बिपक्षी डेमोक्रेटिक पार्टी अफ जापानले भने जम्मा ७३ सीट मात्रै जितेको छ । सन् २०१२ मा जापानका प्रधानमन्त्री बनेका सिन्जो आबेले देशको अर्थब्यबस्था उकास्न सरकारी खर्च बढाई अर्थब्यबस्थामा केही सुधार गरेका थिए ।
यद्दपी यही बर्षको अन्त्यमा देशमा फेरि आर्थिक मन्दी छाएकाले आबेको लोकप्रियता केही हदसम्म घटेको थियो ।
बहुमत हासिल गरेलगत्तै आबेको काँधमा देशको अर्थतन्त्र उकास्न ठूलो चुनौती थपिएको छ । प्रधानमन्त्री सिन्जो आबेले निर्धारित समयभन्दा दुईबर्ष अघिनै आम चुनावको घोषणा गरेका थिए ।
– AGENCIES