प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । सामुदायिक प्रहरी सेवा केन्द्र अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको गंगा निम्न माध्यमिक विद्यालयका विदयार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री विरण गरियो । १५ जना जेहेनदार, ९ जना अतिविपन्न, र छ जना गरिव विद्यार्थीलाई सामग्री वितरण गरिएको छ ।
(तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
गरिव अतिविपन्न, र जेहेनदार विद्यार्थीको पठन पाठनमा सहयोग पु-याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष राम बहादुर चौहानले बताए । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, प्रहरी नायव उपरिक्षक दीपेन्द्र जि.सी, समाजसेवी उमेश घिमिरेले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे । समाजसेवी घिमिरेले शैक्षिक सामग्री उपलव्ध गराएका हुन ।
प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा रहेका अन्य विद्यालयमा पनि यो अभियान लैजानु पर्ने बताए । उनले विद्यार्थीको भविश्य उज्जवल बनाइदिने काममा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । ढकालले सहयोग गर्न चाहने सहयोदाताको अभाव नरहेको भन्दै यो अभियानलाई जिल्लाका दर्गम बस्ती सम्म पु-याउन सकिने बताए ।
(तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
प्रंहरी नायब उपरिक्षक जिसीले यो अभियानको परिकल्पना आफू भएको भन्दै यसलाई जिल्लाका विभिन्न ठाउँमा लैजाने बताए । उनले शैक्षिक सामग्री वैंक स्थापना गरेर सामग्री संकलन गरिएको बताए ।
विद्यालयका प्रधानध्यापक प्रदिप भण्डारीले आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी निकै कमजोर आर्थिक स्थितिका भएका भन्दै शैक्षिक सामग्री वितरणले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि विद्यार्थीलाई राहत हुने खालका यस्तै कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
(तस्बिर: अर्घाखाँचीडट्कम)
पत्रकार महासंघका सचिव प्रेमनारायण आचार्यले सामुदायिक सेवा केन्द्रको विद्यालय केन्दित कार्यक्रम प्रभावकारी हुने बताए । उनले आर्थिक रुपमा कमजोर रहेका जिल्लाका अन्य ठाउँका विदयार्थी माझ पनि यो कार्यक्रम पु-याउनुपर्ने सुझाव दिए । कार्यक्रम सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र सचिव हेमन्त बेल्वासेका सञ्चालनमा सम्पन्न भएको हो ।