सरकारले सवारी-साधनहरुमा ल्याएको कडा नीतिको विरोध गर्दै पूर्वमा यातायात मजदुरहरु आन्दोलित, एक लाख लाइसेन्स सरकारलाई बुझाउने

ताप्लेजुङ, पौष १ । सवारी दुर्घटना रोक्न सरकारले सवारी-साधनहरुमा ल्याएको कडा नीतिको विरोध गर्दै पूर्वमा यातायात मजदुरहरु आन्दोलित बनेका छन् । पूर्वका १६ जिल्लाका यातायात मजदुरहरुले आन्दोलन पूर्वमा यातायातका साधनहरु ठप्प बनाएका छन् ।
सरकारले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि म्याद गुज्रिएका सवारी–साधन तथा इन्जिन पुराना र थोत्रा भएका साधनहरुलाई सडकमा गुडाउन नदिने घोषणा गरेको विरोधमा आधादर्जन बढी यातायात व्यवसायीहरुको संगठनले विरोधस्वरुप पूर्वमा यातायातका साधनहरु ठप्प बनाएका हुन् ।
यातायात मजदुरहरुले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले माग फिर्ता नलिए एक लाख सवारी-साधनहरुको लाइसेन्स सरकारलाई बुझाउने र गाडीको चाबी मालिकलाई जिम्मा दिएर सडकमा उत्रने चेतावनी दिएका छन् ।
मंगलबार पहिलो दिन मेची अन्चलमा लाइसेन्स संकलन गरिएको बताइएको छ ।
यता, यातायात बन्दका कारण पूर्वका यात्रुहरु मर्कामा परेका छन् । यसबारे प्रशासन भने मौन छ ।
IMAGEKHABAR