बोकोहरामसँग युद्ध लड्न नमानेको आरोपमा नाइजेरियामा ५४ सैनिकलाई मृत्युदण्डको सजायँ

नाइजेरियाको एक सैन्य अदालतले ५४ सैनिकलाई मृत्युदण्डको सजायँ सुनाएको छ । आतंकवादी संगठन बोकोहरामसँग युद्ध लड्न नमानेको आरोपमा उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको हो ।
विद्रोह र लडाईको मैदानबाट भागेको आरोपमा दोषी ठहरिएकाले सजायँ दिइएको सैन्य अदालतले जनाएको छ । यसै वर्षको अगस्टमा बोकोहरामले नाइजेरियाको तीन शहरमा कब्जा गरेको थियो ।
फेरि ती शहर बोकोहरामबाट मुक्त गराउने क्रममा सैनिकहरु युद्धमा जान नमानेको सैन्य अदालतले जनाएको हो । पाँच जनालाई भने निर्दोष रहेको भन्दै रिहा गरिएको छ । सैनिकहरुले भने आफूहरुको भन्दा बढी संख्यामा बोकोहरामका लडाकु रहेकाले मैदान छाड्नु परेको बताएका छन् ।
Agencies