काठमाडौंमा भर्ना शुल्क घटाउनुपर्ने माग गर्दै तोडफोड

काठमाडौं, पौष ३ । भर्ना शुल्क घटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका पद्मकन्या क्याम्पसका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विविए र विएससीको भर्ना शुल्क घटाउनुपर्ने माग गर्दै निवर्तमान स्ववियु सभापति लाल कुमारी पोखरेलको नेतृत्वमा विद्यार्थीहरुले क्याम्पसमा आन्दोलन गर्नुका साथै कक्षा कोठाहरु तोडफोड गरेका छन् ।
उनीहरुले क्याम्पस प्रमुख रमेश श्रेष्ठको कार्यकक्षमा समेत तोडफोड गरेका थिए । आक्रोसित विद्यार्थीहरुले कक्षा कोठामा लगाएको ताला प्राध्यापक संघको सामूहिक निर्णय पछि पुनः खोलिएको थियो । वढाउदै नवढाएको शुल्क घटाउन नमिल्ने क्याम्पस प्रमुख रमेश श्रेष्ठको भनाई छ । क्याम्पसका केहि विद्यार्थीहरुले भने पढाई सुचारु गर्न माग गरेका छन् । IMAGEKHABAR