सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नगरपालिका सन्धिखर्क भर निकट भविष्यमा नगर बस सञ्चालनमा आउने भएका छन् ।
विगतमा यात्रीहरुको दुःख लाई मध्यनजर गर्दै केहि समयमै सन्धिखर्कका युवा उद्यमीहरुले नगर बस सञ्चालनमा ल्याउन लागेको युवा उद्यमी सरोज पौडेलले जानकारी दिए ।
यस भन्दा अगाडि टेस्ट ड्राईभको लागी जिल्लामा एउटा बस भित्राईएको र केहि दिनमै सम्पूर्ण कानुनी प्रकृया पूरा गरी सन्धिखर्क नगरपालिकामा बस सञ्चालनमा ल्याई यात्रुहरुलाई सुविधा दिने नगर बस सञ्चालन समितीका महासचिव आसुँ थापाले जानकारी दिए ।
नगर बस अर्घा, किमडाँडा – पकले, नुवाकोट, ढिकुरा, खाचिकोट, नरपानी, वाङ्ला लगायतका वरपरका क्षेत्रमा सञ्चालनमा आउने छन।
उता प्रहरीले क्षमता भन्दा बढी यात्रु, जिप, बसको छतमा चढ्न र सामान बोक्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले कडाइका साथ कारबाही अभियान तीब्र पछि लामो दुरीमा चल्ने सवारीसाधनले नजिकका स्थानिय सवारी बोक्न छाडेका छन।