उर्जामन्त्री राधा ज्ञवालीले यो वर्ष १२ घण्टा भन्दा बढि लोडसेडिङ नहुने बताएकी छन्। सरकार र उर्जा मन्त्रालय लोडसेडिङ घटाउने तर्फ केन्द्रित भएको बताउँदै उर्जा मन्त्री ज्ञवालीले हिउँदको समयमा पनि १२ घण्टा भन्दा बढि लोडसेडिङ नबढ्ने दाबी गरिन्।
बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उर्जामन्त्री ज्ञवालीले जनताले लोडसेडिङको मार खेपिरहेको अवस्थामा विद्युत आयोजनाहरुमा अवरोध गर्ने जो कोहिलाई पनि कारबाही गर्न दलहरुका बिचमा सहमती भएको खुलासा गरिन्। उनले सरकारले सेना लगाएर भएपनि ति आयोजनाहरुमा भएको अवरोध हटाउने बताईन्।