प्रधानमन्त्री सुशील कोइरालाद्धारा आफ्ना शीर्ष नेतालाई सहमतिको लागि दबाब दिन सांसदहरुसँग आग्रह

काठमाडौ, पुस ७ – संसदको तीन समितिको निमन्त्रणामा आज विहान जवाफ दिन आएका प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना शीर्ष नेतालाई सहमतिको लागि दबाब दिन सांसदहरुसँग आग्रह गरेका छन् । ‘म हात जोडेर अनुरोध गर्छु आफ्ना नेतालाई सहमतिको लागि दबाब दिनूस्’, प्रधानमन्त्री कोइरालाले भने,’यो आन्दोलन बेला होइन् ।’
उनले संबिधान निर्माण लेनदेनको आधारमा सहमति गरेर हुनुपर्ने भन्दै आन्दोलनको कुरा गरेर मुलुकलाई द्वन्द्वमा फर्काउन नहुने बताए ।
संसदको अर्थ, विकास र कृषि तथा जलस्रोत समितिको संयुक्त बैठकमा प्रधानमन्त्री उपस्थित भएका हुन् । नेपालको संसदीय इतिहासमा पहिलो पटक तीन समितिको संयुक्त बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको हो ।
तीनै समितिले बजेटको विकास खर्च हुन नसकेको बिषयमा जानकारी माग्न प्रधानमन्त्रीलाई बोलाएको हो । समितिको बैठकमा अर्थमन्त्री रामशरण महत र उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई पनि डाकिएको थियो । तर, मन्त्रीद्वय आन्तरिक कारण देखाउदै बैठकमा उपस्थित भएनन् ।
EKANTIPUR