प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ८ पौस । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले माघ ८ गते संबिधान जारी गर्न जनदबाब सृजना भन्दै आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा एक घण्टा धर्ना दिएको छ । आज बिहान साढे ९ बजे देखि साढे १० बजे सम्म १ घण्टा धर्ना दिए पछि कार्यलयको सम्पुर्ण कामकाज केहि समय प्रभाबित बनेको थियो ।
पत्रकार महासंघ अघाखाँची अन्तर्गत पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा धर्ना दिदै । तस्बिर: अर्घाखाँची डट्कम
धर्ना पछि भएको कोण सभामा बोल्दै पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष सोभाखर पन्थीले माघ ८ आउन एक मात्र बाकी रहदा पनि दलहरु संबिधान निर्माण गर्न तत्पर नभएकोले दबाब सृजर्ना गर्न धर्ना कार्यक्रमको आयोजना गरिएको बताए । उनले नेताहरु संबिधान निर्माणमा भन्दा पनि सरकार र अन्य काममा क्रियासिल रहेकाले सबै नेपाली जनताले जनदबाब सृजना गर्नु समय आएको बताए ।
पत्रकार महासंघ अघाखाँची अन्तर्गत पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा धर्ना दिदै । तस्बिर: अर्घाखाँची डट्कम
कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका सचिब प्रेमनारायण आचार्यले नेताहरुले आफै माघ आठमा संबिधान जारी गर्ने प्रतिबद्धता जनाए पनि अहिले आएर नेताहरु संबिधान निर्माणमा केन्द्रित नभएको पाइएकाले नेताहरु र राजनितिक दलका नेताहरुलाइ दबाब सृजना गर्ने कार्यक्रम गर्नु पर्ने बताए ।
पत्रकार महासंघ अघाखाँची अन्तर्गत पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा धर्ना दिदै । तस्बिर: अर्घाखाँची डट्कम