भारतको आसाममा चरमपंथी समूहले गरेको हमलामा परी ४४ जनाको ज्यान गएको छ । आसामको सोनितपुर र कोकराझार जिल्लामा भएको हमलामा ५० भन्दा बढी घाइते भएका हुन ।
घटना आसामको प्रतिबन्धित संगठन एनडीएफबीले गराएको हुनसक्ने आशंका गरिएको छ । गत सोमबार सो संगठनका दुईजना नेताको हत्या भएको थियो । घटनाबारे अनुसन्धान थालिएको छ ।
AGENCIES