टोप बहादुर रायमाझीद्धारा बहुमतीय तरिकाले माघ आठमा संबिधान जारी नहुने दावी

– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १० पौस ।    एमाओवादीका केन्द्रिय सचिव तथा पुर्व मन्त्रि टोप बहादुर रायमाझीले बहुमतिय तरिकाले गए निर्धारित समयमै सविधान जारी नहुने बताउनुभएको छ । बुहमतिय तरिकाले जादाँ समय नपुग्ने बताउदै माघ ८ मा सविधान जारी गर्नको लागी सहमति बाहेक अर्को विकल्प नरहेको रायमाझीले बताउनु भयो  । 
नेता रायमाझीले दलहरु विच सविधानका विवादित विषयमा कुनै विवाद नभएको खुलासा गदै सविधान जारी भएपछि कसले जस लिने भन्ने विवादले सहमति नभएको बताउनुभयो ।  संबिधान निर्माण भन्दा पनि संबिधान निर्माण पछि राष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने नेताहरुको ज्ञयारेन्टी र दलहरुको बिबादले संबिधान निर्माण ओझेलमा परेको बताउनु भयो ।
जिल्ला खेदकुद विकास समिती अर्घाखाँचीको आयोजनामा विहिवार देखी सन्धिखर्कमा सुरु भएको छैठौ राष्टपति रनिङ्गशिल प्रतियोगिताको उढ्घाटन गदै रायमाझीले  काग्रेस एमाले र एमाओबादीले आफुले बनाउन चाहेको जस्तो संबिधान बन्न नसक्ने बताउदै  लचकता अपानाएर सहमतीको संबिधान बनाउन चाहेमा मात्र माघ ८ भित्र संबिधान निर्माण हुने बताउनु भयो ।
काग्रेस र एमालेले संबिधानमा भन्दा सरकारमा बढि ध्यान दिएकोले संबिधान निर्माण ओझेलमा परेको बताउनु भयो । अहिले संघियाता, शासकीय स्वरुप , न्याय प्रणली, र राजयपुनर्संरचनामा बिबाद रहेको बताउदै दलहरु इमान्दारीता पुर्बक अघि बढेमा मात्र माघ ८ मा संबिधान निर्माण  हुने बताएका छन ।

अन्य समाचारहरु