सन्धिखर्कमा छैठौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीता सुरु

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आज बिहिबार देखि छैठौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीता सुरु भएको छ । 

 



 

राष्ट्रपति रनिंगशिल्ड प्रतियोगीताको पुर्ब मन्त्री तथा एनेकपा माओबादीका नेता टोपबहादुर रायमाझिले उद्घाटन गरेका छन  ।

 



 

उद्घाटन समारोहमा मन्तब्य राख्दै नेता रायमाझिले देसको कुल बजेटको एक प्रतिशत बजेट बिनियोजन गर्न सकेमा मात्र खेल क्षेत्रको बिकास गर्न सकिने बताए । नेता रायमाझिले खेलकुदबाट जस्तो देसको बिकास गरेर अन्य क्षेत्रबाट विश्वभर कृतिमान कायम गर्न नसकिने भएकाले खेल क्षेत्रको बिकासको लागि सबै लाग्नु पर्ने बताए  । 

 



 

कार्यक्रममा खेलकुद बिकास समितिका केन्द्रिय सदस्य नारायण पौडेलले खेलकुदको बिकासमा राज्य उदासिन बनेको बताए  । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष मोतीजंग रायमाझि, जिल्ला सदस्य ज्ञानेन्द्र घिमिरे लगायतले मन्तब्य राखेका थिए । 

 



 

कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हरिप्रसाद भटराइको अध्यक्षता शेसकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । 

 


तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम

अन्य समाचारहरु