काठमाडौं, पौष १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चार दलको बैठकबाट निकास आउन नसक्ने ठोकुवा गरेका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवास पुगेको शान्ति र लोकतन्त्रका लागि पेशागत सन्जाल (पापड)को प्रतिनिधिसँगको भेटमा विहीबार अध्यक्ष ओलीले पूर्वाग्रह बोकेर बस्ने वार्ता र बैठकमा सहमति हुन नसक्ने भन्दै पूर्वाग्रह छाडेर आउने हो भने सहमतिका लागि आफूहरु लचिलो हुन तयार रहेको बताए ।
संविधान लेखनको कार्यतालिका र प्रक्रियामा अल्झँदा पनि संविधान जारी गर्न ढिलाइ हुने ओलीको भनाइ थियो ।
आगामी माघ ८ मै संविधान जारी गर्न दबाब दिने उद्देश्यले पापडले प्रमुख दलका शीर्ष नेताहरुलाई संविधानसभा निर्वाचनमा गरेका वाचा स्मरण गराउँदै ध्यानाकर्षण गरिरहेको छ । IMAGEKHABAR