मलेसियाको पूर्र्वी तटिय क्षेत्रमा भीषण वर्षापछि आएको बाढीका कारण जनजीवन अस्तव्यस्त भएको छ । दशककै ठूलो बाढीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने एक लाखभन्दा बढी मानिस आफ्नो थाकथलो छोड्न बाध्य भएका छन् ।
भीषण वर्षा र शक्तिशाली आँधीका कारण बढी क्षति भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । केही सहरहरु पानीको डुबानमा परेका छन् । उद्धार र राहत तीव्र पारिएको बताइएको छ ।
मुलुक प्राकृतिक विपत्तिको चपेटामा परेपछि मलेसियाली प्रधानमन्त्री नाजिब राजक अमेरिका भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । (एजेन्सी)