भैरहवा, पौष १२ । पश्चिम तराईमा एक सातादेखि सुरु भएको शीतलहर, बाक्लो हुस्सु तथा कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर र बाक्लो कुहिरोका कारण रुपन्देहीको भैरहवालगायत दक्षिण-पश्चिम ग्रामीण भेगमा अत्यधिक चिसो बढेको छ ।
जाडो बढेसँगै भैरहवा तथा अन्य ग्रामीण बस्तीका चोक-चोकमा दाउरा बालेर आगो ताप्नेको संख्या बढेको छ । चिसो र शीतलहरका कारण स्कुलमा विद्यार्थीको संख्यामा कमी आएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राही समेत कम देखिन थालेका छन् ।
बाक्लो कुहिरो र हुस्सुका कारण यातायात समेत तुलनात्मक रुपमा कम चलेका छन् । बाक्लो कुहिरोका कारण भैरहवा