वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । ४४ वर्षसम्म विस्तारमा सुतेर पढाउदै आएका अपाङ्ग शिक्षक कृष्ण प्रसाद पौडेलको जीवनीमा आधारित बाह्रखरी लौरो नामक वृत्तचित्र सन्धिखर्कमा पहिलो प्रर्दशनी भएको छ । २०२२ सालमा ठुलापोखराको रोटेपानी गाउँको खुलाचौरमा कखरा सिकाउन शुरु गरे । उनले स्थापना गरेको स्कुल अहिले निमाविसम्म छ । ठुलापोखरा रोटेपानीको भगवती निमावि हो ।
२०६६ माघ १८ गते कान्तिपुर दैनिकमा पौडेलको बारेमा समाचार प्रकाशित भएको थियो । पाँच वर्षको अवधीमा ४ पटक अर्घाखाँची आएर चलचित्र निर्देशक डा. घनश्याम खतिवडाले उक्त वृत्तचित्र बनाएका थिए । एक घण्टा दस मिनेटको वृत्तभित्रको पहिलो प्रदशनीको पत्रकार ऋषि धमलाले उदघाटन गरे । पौडेल जस्तो शिक्षाप्रेमी व्यक्तिलाई सरकारले राष्टिय स्तरको पुरस्कार दिनुपर्ने उनले दावी गरे ।
पौडेलको हातखुटा र शरिर पुरै डल्लो परेको छ । ६० वर्ष पुगेका उनी दस वर्षको हुँदा सिकिस्त विरामी परेका थिए । खर्च नहुदा उपचार पाएनन् त्यसपछि शरिर खुम्चिएर डल्लो परेका हो । उनको तौल १२ किलोसम्मको छ । हाल उनको दिमाग मात्रै सपाङ छ । अक्षर चिनाए वापत घरमा एक्ला पौडेललाई विद्यार्थी र गाउँलेले मकै, आटो, रोटी चालम, प्यु दुध दही ल्याईदिने गरिरहेका छन । उनलाई गाउँ भरी गुर भनेर चिन्छन । कान्तिपुरमा गुरुको बारेमा समाचार पढदा म भावुक भए, बाह्रखरी लौरो का निर्देशक डा.घनश्याम खतिवडाले भने, दिमाग मात्रै सपाङ भएका पौडेलले राष्टकै उदाहरणी व्यक्ति ठानी चलचित्र निर्मँण गरेको हु । अपाङ्गले पनि शिक्षामा दिएको योगदान उदाहरणीय छ ।
खुला चौरमै गुरुकुल शिक्षा पद्धति अपनाएका पौडेलको जीवनीमा आधारित वित्तचित्र शिक्षा क्षेत्रको लागि प्रेरणादायी बन्ने उनले बताए । करिब १५ सय जानले वृत्तचित्र हेरेका थिए । माघ चित्रै अर्घाखाँची काठमाडौ सम्पर्क समाज मार्फत काठमाडौमा प्रदशनी हुदैछ । विदेश कोरिया, हङकङ लगायतका देशमा पनि देखाउन बताए । निर्माता केदार कार्कीले वृत्तचित्रले मागेर र लुटेर खानेहरुलाई श्रम गरेर खानुपर्ने रहेछ भन्ने शिक्षा दिने दावी गरे । झमक घिमिरेले खुट्टाले लेखर कीर्तिमान कायम गरिन भने पौडेलले विस्तारामा सुतेर अक्षर चिनाएर कीर्तिमान कायम गरे । प्रदशनीमा आएको पौडेलले बाचुञ्जेलसम्म अक्षर चिनाईरहने सहभागीसँग प्रतिवद्धता जनाए ।
६० हजार अक्षयकोष
अर्घाखाँची युवा परिषद चुत्रावेशी र रिपोर्टर्स क्लव जिल्ला शाखाको संयुक्त आयोजनामा भएको बाह्रखरी लौरो प्रदशनीमा टिकटबाट संकलित रकम मध्ये ६० हजार रुपैया अक्षयकोष स्थापना गरी जम्मा गरिदिएका छन । बाँकी उठन रहेको रकम जम्मा गरेर थप गरिदिने युवा परिषदका अध्यक्ष कृष्णप्रसाद भुसालले बताए । भुसाल र क्लवका जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले अक्षयकोष स्थापना गरिदिएका हुन । वृत्तचित्र उदघाटनमा क्लवका केन्द्रिय अध्यक्ष ऋषि धमलाले १५ हजार रुपैया पौडेललाई दिने घोषणा गरे ।
सम्मानित
विगत एक दशक देखी जिल्लामा रही पत्रकारिता गर्दै आएका पत्रकार वीरेन्द्र केसी सम्मानित भएका छन । पत्रकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान पु-याएको भन्दै अर्घाखाँची युवा परिषदले बाह्रखरी लौरो वृत्तचित्र प्रदशनीको अवसरमा कदर-पत्रले सम्मान गरेको हो । जिल्लामै एक दशकदेखी सबैभन्दा उल्लेखनीय समाचार सम्प्रेषण गरी जनतालाई सु-सूचित गराउनमा उत्कृष्ठ योगदान दिएकाले सम्मान गरिएको परिषदका अध्यक्ष कृष्णप्रसाद भुसालले बताए । ठुलापोखराका शिक्ष्ँक कृष्णप्रसाद पौडेलको बारेमा कान्तिपुर दैनिकमा लेखिएको समाचारको आधारमा बाह्रखरी लौरो नामक वृत्तचित्र निर्माण हुनुमा वास्तविक खोजपत्रकारिता गरेको भन्दै सम्मान गरिएको उनले बताए । कार्यक्रममा रिपोर्टर्स क्लवका केन्द्रिय अध्यक्ष ऋषि धमलाले कदर-पत्रले सम्मान गरे । कार्यक्रममा आयोजकले शिक्षा क्षेत्रमा योगदान पु-याए वापत कृष्णप्रसाद पौडेल, स्कुलका संस्थापकलाई संरक्षण गरेको भन्दै भगवती निमाविमा पुर्व प्रअ सफिता शाह, वृत्तचित्र निर्माण गरे वापत, निर्देशक डा.घनश्याम खतिवडा र निर्देशक केदार कार्कीलाई पनि सम्मान-पत्रले सम्मानित भएका थिए ।