प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची १४ पौस । अर्घाखाँचीको नरपानी गाविसमा ३ बर्ष देखि बन्द रहेको चुनढुँगा उत्खनन कार्य सदाका लागि बन्द गर्न माग गर्दै काठमाण्डौ गएका एमालेका जिल्ला नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ बन्द गर्न पहल गरिदिनकालागि आग्रह गरेका छन ।
एमालेका उपाध्यक्ष बामदेब गौतम गृह मन्त्री मन्त्री भएको समयमा गृहको आदेश भन्दै स्थानीय प्रशासनले उद्योगीको पक्षमा लागि स्थानीयको भाबना बिपरित बल प्रयोग गरि उत्खनन कार्य गर्न थालेको भन्दै तत्काल उत्खनन कार्य बन्द गर्नका लगि पहल गरिदिन नेताहरुले ओलीलाइ आग्रह गरेका हुन । उनीहरुले तत्काल स्थानीयको भाबना अनुसार काम नगरे आफुहरुले अर्घाखाँचीमा बसेर एमालेको राजनिति गर्न नसक्ने पनि अध्यक्ष ओलीलाइ प्रस्ट पारेका थिए ।
एमालेको गृह मन्त्री भएको समयमा स्थानीयको भाबना बिपरित नरपानीमा चुनढुंगा उत्खनन गर्नकालागि राज्यले बल प्रयोग गर्न लागेको र आफु नरपानीका जनताको माग भन्दा बाहिर जान नसक्ने भन्दै नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले एक चार हप्ता अघि राजीनामा दिएका थिए ।
राज्यको बल प्रयोग गरेर चुनढुंगा उत्खनन गर्ने पक्षमा आफु नभएको र जनताको पक्षमा रहेर काम गर्ने वातावरण सृजना नभएकोले बुटबलमा अध्यक्ष केपी शर्मा ओलीलाइ भेटि राजीनामा पत्र पेश गरेका थिए । अध्यक्षले राजीनामा दिदा समेत गृहबाट चुनढुंगा उत्खनन कार्य रोक्न भन्दा पनि बढि प्रहरी परिचालन भएको भन्दै एमाले जिल्ला कमिटि र अर्घाखाँचीका एमाले नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्न राजधानी गएका थिए ।
भेटमा अध्यक्ष ओलीले जनताको भाबना अनुसार चुनढुंगा उत्खनन कार्यमा बल प्रयोग नगर्न र जनताको भाबना अनुसार काम गर्नका लागि पहिला पनि गृहमन्त्रीलाइ आग्रह गरेको , पुन आग्रह गर्ने बताएको र जिल्ला अध्यक्षलाइ राजीनामा फिर्ता लिन आग्रह गरेको भेटमा सहभागी एमाले अर्घाखाँचीका उपसचिब प्रेमनारायण गैरेले बताए ।
चुनढुंगा उत्खनन गर्न सुरु गरेको छ वर्षमा पानीका मुहान सुकेपछि गाउ