नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण बिरामी

काठमाडौं, पौष १५ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई एक्कासी दम र निमोनियाले सताएपछि हिजो साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
यही पुस ११ गतेदेखि जारी पार्टीको प्रथम राष्ट्रिय भेला सम्पन्न भए लगत्तै वैद्य बिरामी परेका थिए ।
नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले पार्टीको कार्यक्रमका बेला धपेडी र चिसो लागेर वैद्य बिरामी पर्नु भएको जानकारी दिएकी छिन् ।  वैद्यको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् । IMAGEKHABAR