वैद्य नेतृत्वको नेकपा माओबादीद्धारा संबिधान निर्मार्ण प्रक्रिया खारेजीको माग गर्दै माघ ३ गते देश ब्यापी आम हड्तालको आव्ह्वान

मोहन वैद्य नेतृत्वको नेकपा माओबादीले ‘पश्चगामी’ संबिधान निर्मार्ण प्रक्रिया खारेजीको माग गर्दै माघ ३ गते देश ब्यापी आम हड्तालको आव्ह्वान गरेको छ l 
 
अहिलेको संबिधानसभा प्रतिगामीहरुको हातमा गएको’ र यसले जन-संबिधान निर्माण गर्न नसक्ने निचोड सहित पार्टीले आम हडतालको घोषणा गरेको हो l   
 
पार्टीको पुस ११ देखि १४ गतेसम्म काठमाडौँमा बसेको प्रथम राष्ट्रिय भेला सम्पन्न गरे पश्चात भएको पत्रकार सम्मलेनमा उक्ता जानकारी गराईएको हो l 
 
यसै गरी पार्टीले आगामी २५ गते पूर्वाञ्चल, २७ पश्चिमाञ्चल, २८ मध्य-पश्चिमाञ्चल र २९ गते मध्यमान्चलमा पनि छुट्टा छुटै हाम हड्ताल गर्ने निर्णय गरेको छl ‘प्रतिगामी संबिधान’ निर्माण बिरुद्ध एनेकपा माओवादीले गरेको कार्यक्रमलाई साथ् दिंदै बैद्य माओबादीले उक्त निर्णय गरेको हो l ‘ उपाध्यक्ष सिपि गजुरेलले भने – ‘यो आम हड्ताल प्रचण्डजीहरु संग समझदारी गरिएको हो l ‘  
 
पार्टीले संबिधानसभा भंगको माग गर्दै अधिकार सम्पन्न राजनीतिकसभाद्वारा नयाँ संबिधान जारी गर्नुपर्ने माग राखेको छ l यस अघि छुटै पार्टी घोषणा गरेका माओबादी नेता नेत्र बिक्रम चन्दले पनि अहिलेको संबिधानसभा ‘अबैधानिक’ भएको घोषणा गर्दै अधिकार सम्पन्न गोलमेच सम्मेलनद्वारा जन-संबिधान घोषणा गर्न माग गरेका थिएl’ 
 
पार्टीले आफना ताप्लेजुङ्गका कार्यकर्तामाथि  लगाईएको ‘झुटा मुद्धा’ फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ । SETOPATI