सुनसरी, पौष १५ । एमाले अध्यक्ष केपी ओलीले संविधान र संघीयताको नाममा देश टुक्राउन नपाइने बताएका छन् । सुनसरीको इटहरीमा मंगलबार पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले राज्य सबैको साझा हुने भएकाले जात विशेषमा प्रदेश नबन्ने ठोकुवा गरे ।
एक सय २५ जातजाति मिलेर बसेको मुलुक नेपालमा एमाओवादीले जातीय कुरा गरेर साप्रदायिक हिंसा भड्काउन खोजेको आरोप ओलीको थियो ।
पहिलो संविधानसभाले समयमै संविधान जारी गर्न नसकेको स्मरण गर्दै उनले दोस्रो संविधानसभा विफल हुन एमालेले कुनै हालतमा नदिने प्रष्ट पारे ।
ओलीले कार्यतालिका छोट्याएर भएपनि समयमै संविधान जारी गरिनेमा ठुक्क हुन जनतासमक्ष आग्रह गरे ।
IMAGEKHABAR