काठमाडौं, पौष १५ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी माघ ८ मा संविधान जारी गर्न नसके संविधानसभा ४ वर्षपछि पनि संविधान नबनाइ भंग हुने दाबी गरेका छन् ।
नेपाल जातीय मुक्ति समाजको २४औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपालले माघ ८ मै संविधान जारी गर्न सबै दल लचिलो हुनुपर्नेमा जोड दिए ।
उनले एकीकृत माओवादीले संविधानमा आफ्ना फरक मत राखेर पनि संविधान निर्माणको प्रक्रियालाई सहज बनाउनुपर्ने बताए ।
कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीलाई सरकारी कामकाजमा मात्र सीमित गर्र्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
सो अवसरमा मुक्ति समाजले माघ ८ मै दलितमैत्री संविधान जारी गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरेको थियो ।
IMAGEKHABAR