– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १९ पौस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. १० किमडाँडामा खोरमा पारेर स्थानीयले चितुवा मारेका छन । एक बर्ष देखि बाघको आक्रमणबाट बालबच्चा तथा घरपालुवा जनाबर खाने क्रम नरोकिए पछि स्थानीयले बाघ तथा चितुवा मार्नकालागि खोर बनाएर गाँउ नजिकै राखेका थिए । नरभक्षी चितुवा मारेको स्थानीयले दाबी गरेका छन ।
(तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
हिजो सुक्रबार साझ किमडाँडाको पन्थीका चौर नजिकै राखेको खोरमा परेको चितुवालाइ आक्रोसित स्थानीयले भालाले घोचेर खोरमै मारेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसिले बताए । उनका अनुसार मारिएको भाले चितुवा भएको र चितुवाको तौल साढे ५० किलो रहेको छ ।
बालबच्चा तथा घरपालुवा जनाबर खाएर आक्रोसित स्थानीय बासिन्दाहरु चितुवा मारे पछि हर्षित बनेका छन । उनीहरुले नरभक्षी चितुवा मारेको बताए । एक हप्ता अघि खोरमा परेर चितुवा भागेको थियो । गएराती भने चितुवालाइ खोर भित्रै स्थानीयले मारेका हुन ।
(तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
जिल्लामा पछिल्लो समयमा बाघ आक्रमण र आतंक बढ्दै गएपछि बाघ धपाउनका लागि स्थानीय बासिन्दा र प्रहरी परिचालन गरिएको थियो । किमडाँडाका स्थानीयले नरभक्षी चितुवा तथा बाघ मार्नका लागि बाघखोर बनाउने अभियान सञ्चालन गरेका थिए ।
पछिल्लो डेढ बर्षको सयममा मात्रै बाघको आक्रमणबाट जिल्लामा ६ जना बालबालिकाको मृत्यु र दुइ जना घाइते भएका छन । किमडाडामा ३ नुवाकोटमा २, र सन्धिखर्कमा १ गरी ६ जना बालकको ज्यान गएपछि किमडाँडा, सन्धिखर्क , नुवाकोट , अर्घा ढिकुरालगायतका बासिन्दाले बाघ धपाउन तथा मार्न प्रहरीको सहयोग माग्दै आएका थिए । बालबालिकालाई बाघले आक्रमण गरेर खान थालेपछि सन्धिखर्क आसपासका स्थानीय बासिन्दा आतंकित भएका थिए ।
केहि हप्ता अघि सन्धिखर्क-नगरपािलका १० किमडाँडाको रिपाहामा बाघको आक्रमणबाट तीन वर्षका बालक सुशान्त नेपालीको ज्यान गए पछि किमडाडाका स्थानीय झन आक्रोसित बनेका थिए ।
बाघले खाने डरले अहिले बालबालिका स्कूल जानसमेत छोडेका छन् । अर्घाखाँचीमा बाघको आक्रमणबाट पछिल्लो डेढ बर्षको समयमा ६ जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट किमडाँडामा ३ , नुवाकोटमा २, र सन्धिखर्कमा १ गरि ५ बालक र एक बालिकाको ज्यान गएको छ । २ जना घाइते भएका छन ।