प्रेमनारायण आचार्य
अर्घा, अर्घाखाँची १९ पौष । प्यारलाइसिसले थला परेर मृत्यु भएका अर्घाका हिराबहादुरको परिबारलाई इजरायलमा रोजगारी गर्ने नेपालीले पठाएको झण्डै ४१ हजार सहयोग रकम आज शनिवार उनकै घरमा लगि हस्तान्तरण गरिएको छ ।
प्यारलाइसिसले थला परेर मृत्यु भएका अर्घाका हिराबहादुरको परिबारलाई इजरायलमा रोजगारी गर्ने नेपालीले पठाएको ४० हजार ९ सया ७८ रुपैया सनिबार उनकै घरमा लगि हस्तान्तरण गरिदै । (तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
अरुको घरमा गएर गित गाए वापत अरुले दिने अन्न,घयु तरकारी र पैसाले जिवन निर्वाह गदै आएका हिराबहादुरको काजकिरीया र अन्य घरायसी खर्चमा सजिलो होस भने रोजगारीको लागि इजरायलमा गएका अर्घा धरम्पनीका बिष्णु भट्टराइको पहलमा संकलन गरिएको ४० हजार ९ सय ७८ रुपिया आज घरपरिबारमा हस्तान्तरण गरिएको हो ।
बिष्णु भट्टराइकि आमा पुनकला भट्टराइले आज एक कार्यक्रमकाबिच संकलित रकम हस्तान्तरण गर्नु भएको हो ।
प्यारलाइसिसले थला परेर मृत्यु भएका अर्घाका हिराबहादुरको परिबारलाई इजरायलमा रोजगारी गर्ने नेपालीले पठाएको ४० हजार ९ सया ७८ रुपैया सनिबार उनकै घरमा लगि हस्तान्तरण गरिदै । (तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
सहयोग स्वरुप आएको रकम काजकिरीयामा खर्च गरिने उनको परिबारले बताएको छ । पत्रकार प्रेमनारायण आचार्यले अर्घाखाँचीडट्कम लगायत बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभाबमा उपचारबाट बञ्चित भएको थाहा पाए पछि इजरायलका नेपालीले सहयोग रकम संकलन गरेका दैनिक रुपमा सारंगी बजाएर आफ्नो रोजीरोटीको चाँजो पाजो मिलाउदै आएका साबिकको अर्घा गाविस वाड न . ७ हालको सन्धिखर्क नगरपालिका वाड न . १३ धरम्पानी भक्तेडाडा निवासी ४८ बर्षिय हिराबहादुर गन्धर्ब प्यारलाइसिसले थला परेका थिए । उनको कम्मर देखि मुनीको भाग नचलेपछि गएको बैसाख महिना देखि उनी मुढो जस्तै भएर बिस्तारामा छटपटाइ रहेकोमा ५ दिन अघि निधन भएको थियो ।
अहिले सम्म सहयोग गर्नेहरुको विवरण:-
१ – कमल प्रसाद भुसाल अर्घाखाँची – ५० डलर
२ -कृष्ण प्रसाद चुँदाली अर्घाखाँची – १०० सेकेल
३- जगन्नाथ पराजुली अर्घाखाँची – ५० सेकेल
४- गिता गौतम अर्घाखाँची – ५० सेकेल
५- कमला खनाल अर्घाखाँची – ५० सेकेल
६- लक्ष्मी पुरि चितवन – ५० सेकेल
७- सरला अर्याल गुल्मि – ५० सेकेल
८- दिपक के. सि. प्युठान – १०१ सेकेल
९- नेत्र के. सि . प्युठान – ५१ सेकेल
१०- भरत के. सि. प्युठान – ५० सेकेल
११- राम थापा प्युठान – ५० सेकेल
१२- लोकमणि – ५० सेकेल
१३ – टिकाराम तिमिल्सिना झापा – ५० सेकेल
१४- योगेन्द्र भट्टराई अर्घाखाँची – १०१ सेकेल
१५- कुस भट्टराई अर्घाखाँची – १०१ सेकेल
१६- खिमानन्द भुसाल अर्घाखाँची – ५० सेकेल
१७- पारस बिमली झापा – ५० सेकेल
१८- दिपा रिजाल झापा – ५० सेकेल
१९- गंगा बनेस्त इटहरी -१०० सेकेल
२०- आक्रोश काफ्ले (बिष्णु ) बुटवल – ५१ सेकेल
२१- हेम क्षेत्री झापा – ५१सेकेल
२२- बिष्णु प्रसाद भट्टराई अर्घाखाँची – १५१ सेकेल