सन्धिखर्क खानेपानी उपभोत्ता समितिमा श्रेष्ठ चयन

शोभाखर पन्थी 
पौष-१९, सन्धिखर्क, अर्घाखाँची । नयाँ नेतृत्वको चयन गर्दै सन्धिखर्क खानेपानी उपभोत्ता समिति अर्घाखाँचीको तेस्रो साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समाजसेवी दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय उपभोत्ता समितिको चयन गरेको छ । 
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा राम बहादुर रायमाझी, उपाध्यक्ष नेत्र प्रसाद भट्टराई ,सचिव पशुपति ढकाल, सह-सचिव कल्पना पोखे्रल र कोषाध्यक्ष कृष्ण प्रसाद आचार्य निर्वाचित हुनु भएको छ । 
यसैगरी सदस्यहरुमा गोविन्द खनाल, टोपलाल खनाल, बसन्ता पौडेल, सरस्वती भुसाल,सिता दमासे र डिलाराम पाण्डे चयन हुनु भएको छ । उपभोत्ता समितिमा १३ सय ६१ मतदाता रहेकोमा दलीय सहमतिका आधारमा निर्विरोध उपभोत्ता समिति चयन गरिएको हो ।

अन्य समाचारहरु