संविधानका विवादित विषयमा सहमति जुटाउन आज पनि प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको संयुक्त बैठक बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् । यसअघि हिजा बसेको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको संयुक्त बैठकमा उल्लेख्य प्रगति हुन सकेन ।बैठकमा प्रमुख विवादित विषयमा सहमतिनजिक पुगेको तर उल्लेख गर्न लायक कुनै पनि ठोस प्रगति हुन नसकेको नेताहरूले प्रक्रिया दिए ।
यस्तै नेताहरूले सहमति नहुँदासम्म बैठकमा छलफल भएका विषयका बारेमा विवाद उत्पन्न हुने गरी कुनै पनि प्रतिक्रिया नदिने बताएका छन् । बैठकमा भएका छलफललाई आ-आफ्नै तवरले सार्वजनिक गर्दा थप विवाद उत्पन्न हुने र परिस्थिति बिग्रने भएकाले सहमति भएपछि सबै विषयलाई सार्वजनिक गर्ने अनौपचारिक सहमति गरेका हुन् ।
SETOPATI