सन्धिखर्क, अर्घाखाँची । एघारौ हरि स्मृति दिवशको अवसरमा भगवती उ. मा .वि. कुर शखेटारीमा मा वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता र विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
दिवंगत हरि खनालका पिता दयाराम खनालको अध्यक्षता,जिल्ला शिक्षा अधिकारी श्री धनसिंह धामीको प्रमुख आतिथ्यता तथा शिक्षक विजुला रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समितिका सदस्य तथा विद्यालयका पूर्व प्र .अ नरेन्द्र कुमार क्षेत्री,विद्यालय वि. व्य. स. का अध्यक्ष शिवहरि पौडेल,महिला विकास अधिकृत विष्णु कुमारी लामिछाने,वाल अधिकार अधिकृत बीना प्युठानी,श्रोत व्यक्ति युवराज भुसाल,पूर्व शिक्षक तथा समाजसेवी व्यक्तित्व बुद्धि रायमाझी,विद्यालयका प्र. अ. श्याम ब. भुसालले हरि खनालप्रति श्रद्धान्जली अर्पण गर्दै मन्तव्य राख्नु भएको थियो । भगवती उ. मा. वि. का जेहेन्दार विद्यार्थी वाल क्लवका तत्कालिन अध्यक्ष हरि खनालको वाल अधिकार सम्वन्धी कार्यशाला गोष्ठीमा सहभागी भइ पोखराबाट सन्धिखर्क फर्कदा २०६१ पौस २१ गते नरपानीमा भएको बस दुर्घटनामा मृत्यु भएको थियो ।
वालविवाह न्युनिकरणमा हाम्रो भूमिका विषयक वक्तृत्वकलामा विभिन्न विद्यालयवाट १८ जना छात्रछात्राहरुले भाग लिएका थिए ।वालविवाहले सामाजिक विकृति, अपराध तथा महिला हिंसाको सुरुवात हुने बताउँदै कार्यक्रमका सहभागीहरुले अबोध वालवालिकाहरुको विवाह गराईदिने अभिभावक समेतलाई कडा कार्वाहीको माग गरेका थिए ।
प्रतियोगितामा जनता कृष्ण उ. मा. वि. पकलेका छात्र राम प्रसाद घिमिरे प्रथम,चन्द्र प्रभा उ. मा. वि. का छात्रा सञ्जु भट्टराई द्धितीय, मदरल्यान्ड इ. बो. स्कुलका छात्रासमिक्षा भुसाल तृतीय भएका छन् ।
विजेता छात्रछात्रा र यस विद्यालयवाट २०७० सालको कक्षा १२ को परीक्षामा प्रथम विष्णुवहादुर मुखिया,२०७० को एस्.एल्. सी.मा छात्रातर्फ जिल्ला प्रथम अस्मिता ज्ञवाली, राष्टपति रनिङशिल्ड प्रतियोगितामा एथ्लेटिक्सतर्फ प्रथम र व्दितीयहुने छात्राहरु पूजा श्रेष्ठ,पुनम सेजवाल,अजिता ज्ञवाली,दीपा श्रेष्ठ,लक्ष्मी गिरी र सर्मिला मुखियालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी श्री धनसिह धामीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।