तम्घास सालझण्डी द्रुत मार्गको पटौटीमा शिलान्यास

प्रेमनारायण आचार्य 



अर्घाखाँची २३ पौस । गुल्मीको सदरमुकाम तम्घासलाइ पुर्ब पश्चिम राजमार्गमा जोडेने दु्रत मार्गको आज बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । तम्घास अब ७३ किलोमिटरमा पुर्ब पश्चिम राजमार्गमा जोडिने भएको छ । 

 



शिलान्यास: गुल्मीको सदरमुकाम तम्घासलाइ पुर्ब पश्चिम राजमार्गमा जोडेने दु्रत मार्गको संयुक्त रुपमा शिलान्यासका लागि पुजा आजा र शिलान्यास  गर्दै एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझि, नेपाली काग्रेसका नेता चन्द्र भण्डारी , एमालेका नेता डा. दुमनसिंह थापा र नेपाल सरकारका मुख्य सचिब लिलामणि पौडेल । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् 

 

दु्रत मार्गको आज अर्घाखाँची पटौटी गाविसमा एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझि, नेपाली काग्रेसका नेता चन्द्र भण्डारी , एमालेका नेता डा. दुमनसिंह थापा र नेपाल सरकारका मुख्य सचिब लिलामणि पौडेलले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ । बैदिक बिधि पुर्बक पुजा आजा गरि सडक खनेर उहाहरुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । 



तम्घासबाट रिडी तान्सेन  बुटबल सडक खण्ड लामो र  दुर्घटना बढि हुन थाले पछि गुल्मीलाइ छिटो छरितो तथा  सुरक्षित यात्राको बिकल्पमा यो सडकको निर्माण गर्न लागिएको गुल्मी क्षेत्र नम्बर २ का सभासद समेत रहेका काग्रेस नेता चन्द्र भण्डारीले बताए । 

 


शिलान्यास: गुल्मीको सदरमुकाम तम्घासलाइ पुर्ब पश्चिम राजमार्गमा जोडेने दु्रत मार्गको संयुक्त रुपमा शिलान्यासका लागि पुजा आजा र शिलान्यास  गर्दै एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझि, नेपाली काग्रेसका नेता चन्द्र भण्डारी , एमालेका नेता डा. दुमनसिंह थापा र नेपाल सरकारका मुख्य सचिब लिलामणि पौडेल । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् 

पटौटी, खज्र्यांग तम्घास सडक निर्माणका लागि यस बर्ष २ करोड १० लाख बजेट बिनीयोजन भएकोमा २ खण्डमा बाडि ट्रयाक खोल्ने ठेक्का स्वीकृत भैसकेको सालझण्डी सन्धिखर्क,ढोरपाटन सडकका परियोजना प्रमुख मेघराज मरासिनीले बताए । 

 नेपाल सरकारका मुख्य सचिब लिलामणि पौडेलले बताए । उनले सडक कस्तो बनाउने सडकमा गुणस्तरीयता दिने नदिने भन्नेमा स्थानीय बासिन्दानै लाग्नु पर्ने बताउदै सडक कस्तो बनेको छ र कसरि बनेको छ भन्नेमा बढि ध्यान दिन स्थानीयलाइ आग्रह गरे । 



एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझिले अर्घाखाँचीको पुर्बी भेग दखि उत्तरको भेगमा जोड्ने सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको निर्माण सम्पन्न भए पछि र तम्घास जोड्ने यस सडकको निर्माण पछि  अर्घाखाँची सबै क्षेत्रबाट अगाडी आउने बताए । उनले पटौटी, पोखराथोक, मैदान, पणेना लगायतका बासिन्दा सडक निर्माण सम्पन्न भए पछि घरमै बसेर बुटबलको अफिस भेटाउन सक्ने गरि छोटो दुरीको बाटो निर्माण हुने बताए । 



शिलान्यास कार्यक्रममा अर्घाखाँची जिल्ला क्षेत्र नम्बर २ का सभासद डा दुमन सिंह थापा, सडक बिभागका मुक्ति गौतम, गोपाल सिग्देल, स्थानीय श्यामनाथ कास्यप, ठेकेदार तिलक थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम महेश्वर लम्सालको सञ्चालनमा सम्पन्न भएको  हो । 

अन्य समाचारहरु