पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार अपरान्ह झापा आएका छन्। नीजि भ्रमण भन्दै ज्ञानेन्द्र परिवारका अन्य सदस्य बिनै दमक आईपुगेका हुन। ज्ञानेन्द्रकै स्वामित्वमा रहेको हिमालय टि गार्डेन मा उनी १२ दिन सम्म रहने बताईएको छ।
टि गार्डेन भित्र रहेको मिनी दरबारमा यसअघि पनि पूर्व राजा ज्ञानेन्द्र सहित उनका परिवार आएर बस्ने गरेका थिए। साहाको झापा भ्रमण एक महिना अघि नै तय भएको थियो। समचार श्रोतका अनुसार ज्ञानेन्द्रले झापा बाहेकका पूर्वका अन्य जिल्लाको पनि भ्रमण गर्ने छन्। तर, कुन कुन क्षेत्र र कहिले को भ्रमण हो भन्ने बारेमा केहि खुलाईको छैन।
संबिधान जारी गर्ने मिति नजिकीँदै जाँदा पूर्व राजाको जिल्ला दौडाहालाई झापा लगायतका अन्य जिल्लाका राजनीतिक दलका नेताले कुनै प्रतिकृया दिएका छैनन्। SETOPATI