काठमाडौं, पौष २५ । संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा सभापति डा. बाबुराम भट्टराईलाई दिएको छ ।
प्रतिवेदन समितिमै फर्काउने निर्णय गरेको भोलिपल्ट आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिको आज बसेको वैठकमा भट्टराईले समितिमै छलफल गर्ने, छुट्टै सानो समिति बनाएर छलफल गर्ने वा आफैंलाई सहमतिको प्रयास गर्ने जिम्मेवारी दिने तीन विकल्प प्रस्तुत गरेका थिए ।
त्यसपछि दलका शिर्ष नेताहरुसंग छलफल गरेर २७ गते सम्म सहमतिको प्रस्ताव ल्याउने जिम्मेवारी भट्टराईलाई दिइएको हो । समितिका सदस्यहरुले माघ आठमा संविधान ल्याउनु पर्नेमा जोड दिएका थिए । IMAGEKHABAR