अर्जुन भुसाल
अर्घाखाँची पुस २६ । संसदको वातवरण संरक्षण समितिले जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ नरपानीमा रहेको चुनढुङ्गा खानीको स्थलगत अवलोकन गरेको छ । जिल्लाका राजनीतिक दलका नेताहरुले चुनढुङ्गा उत्खनन्बाट वातवरणमा प्रत्यक्ष असर परेको भन्दै पुस १६ गते वातवरण समितिमा निवेदन दिएको भोली पल्टै समितिले स्थलगत अबलोकन गर्ने निर्णय गरेको थियो । यहाँको चुनढुङ्गा डाइनेष्टी कम्पनीले २०६१ सालदेखि उत्खनन् गर्दै लगेकोमा स्थानीयले २०६८ कात्र्तिक १८ गतेबाट उत्खनन्मा रोक लगाएका हुन ।
कम्पनीले स्थानीयसँग गरेका सम्झौता पालना नगरेको तथा उत्खनन् गर्दा निस्किएको धुँवा धुलोले वातवरणमा असर पु