एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित

सुनसरी, पौष २७ । पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको पूर्वान्चलका ९ जिल्ला बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ ।
अब बन्ने संविधानमा अरुणनदी पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर मोर्चाले बन्द गरेको हो ।
बन्दका कारण पूर्वका मुख्य बजारहरु धरान, इटहरी, दमक, विर्तामोड, काँकडभिट्टा, इलाम, धनकुटालगायतका बजारहरु पूर्णरुपमा बन्द भएका छन् ।
बिहानै हातमा लाठी बोकेर सडक र बजार बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताहरुले शैक्षिक संस्था, कलकारखाना समेत सन्चालन गर्न दिएका छैनन् । बन्दका कारण गन्तव्यमा हिँडेका हजारौं सर्वसाधारणहरु बीच बाटैमा अलपत्र परेका छन् । Imagekhabar