बन्दले अर्घाखाँचीको जनजीबन ठप्प

प्रेमनारायण आचार्य



अर्घाखाँची २७ पौस । एकिकृत नेकपा माओबादी सहितको ३१ दलीय मोर्चाले गरेको बन्दका कारण अर्घाखाँची जिल्लाको जनजीबन पुर्ण रुपमा ठप्प भएको छ ।

 



 

जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन । बजार पशल कलकारखाना सबै पुर्ण रुपमा ठप्प रहेका छन । 

 



 

एमाओबादी सहितका नेता तथा कार्यक्रताहरु बजार पशल कलकारखाना बन्द गराउन बजारका चोकचोकमा जम्मा भएर बसेका छन ।  पहिचान सहितको संबिधान जारी गर्न माग गर्दै मोर्चाले मगरात र तम्बुबान खुम्बुबान, लिम्बुबान र किरात  राज्य बन्दको आब्हान गरेको हो । 

 



 

बन्दका कारण अर्घाखाँची गुल्मी पाल्पा लगायतका जिल्लाको जनजीबन ठप्प रहेको छ । 

 

तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम्

अन्य समाचारहरु